ne_tn/psa/040/001.md

28 lines
2.7 KiB
Markdown

# सामान्य जानकारी:
हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]])
# म परमप्रभुको निम्ति धैर्यपूर्वक प्रतिक्षा गरेँ
यसको अर्थ यो हो कि परमप्रभुले आफूलाई सहायता गर्नुभएको होस् भनी लेखक पर्खिरहेका थिए ।
# उहाँले मेरो कुरा सुन्‍नुभयो र मेरो पुकार सुन्‍नुभयो
यी कुराले उस्तै अर्थ दिन्छन् र एउटै वाक्यमा एकसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले उहाँलाई पुकार्दा उहाँले मलाई सुन्‍नुभयो" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])
# डरलाग्‍दो खाडलबाट, दलदले हिलोबाट
यी दुई रूपकहरूले उस्तै अर्थ दिन्छन् । लेखकको खतरा बारे यसरी बताइएको छ कि मानौँ त्यो हिलोले भरिएको घातक खाडल थियो । यसले खतरालाई जोड दिन्छ । अर्को अनुवादः "दलदले हिलोले भरिएको डरलाग्‍दो खाडलमा फस्‍नबाट" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
# उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो
यहाँ "मेरा खुट्टा" ले लेखकलाई जनाउँछ, र "चट्टान" ले सुरक्षित ठाउँलाई जनाउँछ । अर्को अनुवादः "उहाँले मलाई सुरक्षा दिनुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]] र [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/psalm]]
* [[rc://*/tw/dict/bible/names/david]]
* [[rc://*/tw/dict/bible/other/patient]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/pit]]