ne_tn/psa/040/001.md

2.7 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

म परमप्रभुको निम्ति धैर्यपूर्वक प्रतिक्षा गरेँ

यसको अर्थ यो हो कि परमप्रभुले आफूलाई सहायता गर्नुभएको होस् भनी लेखक पर्खिरहेका थिए ।

उहाँले मेरो कुरा सुन्‍नुभयो र मेरो पुकार सुन्‍नुभयो

यी कुराले उस्तै अर्थ दिन्छन् र एउटै वाक्यमा एकसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले उहाँलाई पुकार्दा उहाँले मलाई सुन्‍नुभयो" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

डरलाग्‍दो खाडलबाट, दलदले हिलोबाट

यी दुई रूपकहरूले उस्तै अर्थ दिन्छन् । लेखकको खतरा बारे यसरी बताइएको छ कि मानौँ त्यो हिलोले भरिएको घातक खाडल थियो । यसले खतरालाई जोड दिन्छ । अर्को अनुवादः "दलदले हिलोले भरिएको डरलाग्‍दो खाडलमा फस्‍नबाट" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metaphor]])

उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो

यहाँ "मेरा खुट्टा" ले लेखकलाई जनाउँछ, र "चट्टान" ले सुरक्षित ठाउँलाई जनाउँछ । अर्को अनुवादः "उहाँले मलाई सुरक्षा दिनुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद