ne_tn/psa/102/013.md

2.9 KiB

सियोनमाथि दया गर्नुहुनेछ

यहाँ "सियोन"ले सियोनमा बसोवास गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "सियोनमा बसोवास गर्ने मानिसहरूमाथि दया गर्नुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्यसमाथि

"त्यस" शब्दले सियोनलाई जनाउँछ ।

त्यसका ढुङ्गाहरू प्रिय ठान्छ

"ढुङ्गाहरू"ले सहरका पर्खालहरू भत्काइन अगाडि त्यसका हिस्‍सा भएका ढुङ्गाहरूलाई जनाउँछ । अर्को अनुवादः "पहिले सहरका पर्खालमा भएका ढुङ्गाहरूलाई अझैँ पनि प्रेम गर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंको नाउँ

यहाँ "तपाईंको नाउँ"ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "तपाईं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको महिमाको आदर गर्नेछन्

मानिसहरूले परमप्रभुलाई उहाँको महिमाको कारण आदर गर्नेछन् । यहाँ परमप्रभुलाई उहाँको महिमाद्वारा सम्बोधन गरिएको छ । अर्को अनुवादः "तपाईं महिमित हुनुभएको कारण तपाईंलाई आदर गर्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

उहाँको महिमामा देखा पर्नुहुनेछ

"महिमित रूपमा देखिनुहुनेछ" वा "मानिसहरूले उहाँको महिमा देख्‍नेछन्"

शब्द अनुवाद