ne_tn/pro/15/11.md

3.0 KiB

पाताल र विनाश परमप्रभुको सामु खुला छन्

"पाताल र विनाश" दुबै शब्दहरूले मरेकाहरूको ठाउँलाई जनाउँछ । परमप्रभुले मरेकाहरूको ठाउँको बारेमा सबैकुरा थाहा पाउनुलाई यसरी बताइएको छ कि मानौं त्यो परमप्रभुको सामु खुला थियो । अर्को अनुवादः "मरेका मानिसहरू भएको ठाउँको बारेमा परमप्रभुलाई सबै थाहा छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublet]] and [[rc:///ta/man/translate/figs-metaphor]])

मानिसको हृदय झन् कति खुला होला ?

परमप्रभुलाई मरेकाहरूको ठाउँको बारेमा सबैकुरा थाहा भएको हुनाले उहाँलाई मानिसहरूको हृदयको बारेमा सबैकुरा जान्‍नुहुन्छ भन्‍ने कुरा स्पष्ट छ भनेर यस आलङ्कारिक प्रश्‍नले जोड दिन्छ । अर्को अनुवादः "त्यसैले उहाँले मानिसहरूको हृदय निश्‍चय नै जान्‍नुहुन्छ!" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

मानिसको हृदय

यहाँ "हृदय" शब्दले विचारहरू र प्रेरणाहरूलाई प्रतिनिधित्व गर्छ ।

गिल्ला गर्ने सुधारदेखि अप्रसन्‍न हुन्छ

"सुधार" शब्दलाई मौखिक रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "गिल्‍ला गर्नेलाई अरूले सुधारेको मन पर्दैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

त्यो बुद्धिमान्‌कहाँ जाँदैन

त्यो सल्लाहको लागि बुद्धिमानकहाँ जाँदैन भन्‍ने यसले यो सङ्‍केत गर्छ । अर्को अनुवादः "त्यो सल्लाह लिन बुद्धिमानकहाँ जाँदैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद