# पाताल र विनाश परमप्रभुको सामु खुला छन् "पाताल र विनाश" दुबै शब्दहरूले मरेकाहरूको ठाउँलाई जनाउँछ । परमप्रभुले मरेकाहरूको ठाउँको बारेमा सबैकुरा थाहा पाउनुलाई यसरी बताइएको छ कि मानौं त्यो परमप्रभुको सामु खुला थियो । अर्को अनुवादः "मरेका मानिसहरू भएको ठाउँको बारेमा परमप्रभुलाई सबै थाहा छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublet]] and [[rc://*/ta/man/translate/figs-metaphor]]) # मानिसको हृदय झन् कति खुला होला ? परमप्रभुलाई मरेकाहरूको ठाउँको बारेमा सबैकुरा थाहा भएको हुनाले उहाँलाई मानिसहरूको हृदयको बारेमा सबैकुरा जान्‍नुहुन्छ भन्‍ने कुरा स्पष्ट छ भनेर यस आलङ्कारिक प्रश्‍नले जोड दिन्छ । अर्को अनुवादः "त्यसैले उहाँले मानिसहरूको हृदय निश्‍चय नै जान्‍नुहुन्छ!" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # मानिसको हृदय यहाँ "हृदय" शब्दले विचारहरू र प्रेरणाहरूलाई प्रतिनिधित्व गर्छ । # गिल्ला गर्ने सुधारदेखि अप्रसन्‍न हुन्छ "सुधार" शब्दलाई मौखिक रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "गिल्‍ला गर्नेलाई अरूले सुधारेको मन पर्दैन" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # त्यो बुद्धिमान्‌कहाँ जाँदैन त्यो सल्लाहको लागि बुद्धिमानकहाँ जाँदैन भन्‍ने यसले यो सङ्‍केत गर्छ । अर्को अनुवादः "त्यो सल्लाह लिन बुद्धिमानकहाँ जाँदैन" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/hades]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/other/mock]] * [[rc://*/tw/dict/bible/kt/wise]]