ne_tn/2ki/05/17.md

3.4 KiB

लिनुहुन्‍न भने

छुटेका शब्दहरू थप्‍न सकिन्छन् । अर्को अनुवादः "यदि मैले ल्याएका उपहारहरू तपाईं लिनुहुन्‍न भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

तपाईंका दासलाई ... दिनुहोस्

यसलाई कर्मवाच्‍यमा अनुवाद गर्न सकिन्छ ।उदाहरणको लागिः "तपाईंका दासलाई ... दिइयोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

दुईवटा खच्‍चरले बोक्‍न सक्‍ने माटो

नामानले इस्राएलबाट माटो लिएर त्यसलाई बोरामा राखी दुईवटा खच्चरमा बोकेर आफूसँगै घरमा लैजानलाई सोध्दैछन् ।त्यसपछि तिनले त्यस माटोमा वेदी बनाउने योजना बनाउँछन् । अर्को अनुवादः "मैले परमप्रभुको लागि वेदी बनाउन दुईवटा खच्चरले बोक्‍न सक्ने जत्तिको माटो " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंका दास

एलीशालाई आदर गर्न नामानले आफैलाई तिनको दास भनी बताउँछन् ।

परमप्रभुबाहेक अन्य कुनै ईश्‍वरलाई न त होमबलि न बलिदान चढाउनेछ

यसलाई करण वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुलाई मात्र होमबलि र बलिदान चढाउनेछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

मेरा मालिक

यसले अरामका राजालाई जनाउँछ जसको लागि नामान काम गर्छन् ।

मेरो हातमा भर पर्छन्

"मेरो हातमा भर लिन्छन्" यसको अर्थ रिम्मोनको मन्दिरमा राजाले दण्‍डवत् गर्दा नामानले सहायता गर्छन् किनभने राजा या त बुढो वा बिरामी छन् ।

शान्तिसित जाऊ

"घर जा र चिन्ता नगर" वा " नडराइकन फर्क"

शब्द अनुवाद