ne_tn/1co/03/13.md

2.2 KiB

उसको काम प्रकट गरिनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “निर्माण गर्नेले के गरेको छ भनेर परमेश्‍वरले सबैलाई देखाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ

यहाँ “दिनको उज्‍यालो” भनेको परमेश्‍वरले हरेक व्यक्तिको न्‍याय गर्नुहुने समयलाई जनाउने अलङ्‍कार हो । यी शिक्षकले जे गरेका छन् ती कुरा परमेश्‍वरले हरेक व्यक्तिलाई प्रकट गर्नुहुँदा, रातमा जे घटना भएको थियो त्‍यो प्रकट गर्नका लागि सूर्यको उदय भएको जस्‍तै हुने छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

किनकि त्यो आगोमा प्रकट हुनेछ । हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ

जसरी आगोले कुनै भवनको शक्तिलाई प्रकट गर्छ वा कमजोरीहरूलाई नष्‍ट गर्छ, परमेश्‍वरको आगोले मानिसहरूले गरेको प्रयास र क्रियाकलापलाई जाँच गर्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उसको कामको गुणस्तरलाई देखाउन आगो प्रयोग गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)