ne_tn/1co/01/02.md

20 lines
3.0 KiB
Markdown

# कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई
तपाईंको भाषामा जसका लागि कुनै पत्र लेखियो ती मानिसहरूहरूको परिचय दिने कुनै खास तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “म पावलले तिमी कोरिन्थमा भएकाहरूलाई यो पत्र लेखेँ जसले परमेश्‍वरमा विश्‍वास गर्छन्”
# जो ख्रीष्‍ट येशूमा शुद्ध पारिएका छन्
यहाँ “शुद्ध पारिएका”ले ती मानिसहरूहरूलाई जनाउँछ जसलाई परमेश्‍वरले उहाँलाई आदर गर्नलाई साँच्नुभएको छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई जसलाई ख्रीष्‍ट येशूले परमेश्‍वरको लागि अलग राख्नुभएको छ” वा “तिनीहरूलाई जसलाई परमेश्‍वरले आफ्नै लागि अलग राख्नुभएको छ किनभने तिनीहरू ख्रीष्‍ट येशूका हुन्”
# जो पवित्र जनहरू हुनको लागि बोलाइएका छन्
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्‍वरले पवित्र जनहरू हुनलाई बोलाउनुभयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँ पुकारा गर्नेहरू
यहाँ “नाउँ” शब्‍द येशू ख्रीष्‍ट व्यक्तिका लागि लक्षणार्थ अर्थात् मेटनिम हो । वैकल्‍पिक अनुवादः “जसले प्रभु येशू ख्रीष्‍टमा पुकारा गर्छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनीहरूको प्रभु र हाम्रो
“हाम्रा” शब्‍दले पावलका श्रोता/पाठकलाई समावेश गर्छ । येशू पावल र कोरिन्थीहरूको प्रभु हुनुहुन्छ र सारा मण्डलीहरूको उहि प्रभु हुनुहुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-inclusive]])