ne_tn/1co/01/02.md

3.0 KiB

कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई

तपाईंको भाषामा जसका लागि कुनै पत्र लेखियो ती मानिसहरूहरूको परिचय दिने कुनै खास तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “म पावलले तिमी कोरिन्थमा भएकाहरूलाई यो पत्र लेखेँ जसले परमेश्‍वरमा विश्‍वास गर्छन्”

जो ख्रीष्‍ट येशूमा शुद्ध पारिएका छन्

यहाँ “शुद्ध पारिएका”ले ती मानिसहरूहरूलाई जनाउँछ जसलाई परमेश्‍वरले उहाँलाई आदर गर्नलाई साँच्नुभएको छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई जसलाई ख्रीष्‍ट येशूले परमेश्‍वरको लागि अलग राख्नुभएको छ” वा “तिनीहरूलाई जसलाई परमेश्‍वरले आफ्नै लागि अलग राख्नुभएको छ किनभने तिनीहरू ख्रीष्‍ट येशूका हुन्”

जो पवित्र जनहरू हुनको लागि बोलाइएका छन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्‍वरले पवित्र जनहरू हुनलाई बोलाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँ पुकारा गर्नेहरू

यहाँ “नाउँ” शब्‍द येशू ख्रीष्‍ट व्यक्तिका लागि लक्षणार्थ अर्थात् मेटनिम हो । वैकल्‍पिक अनुवादः “जसले प्रभु येशू ख्रीष्‍टमा पुकारा गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूको प्रभु र हाम्रो

“हाम्रा” शब्‍दले पावलका श्रोता/पाठकलाई समावेश गर्छ । येशू पावल र कोरिन्थीहरूको प्रभु हुनुहुन्छ र सारा मण्डलीहरूको उहि प्रभु हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)