ne_tn/zec/09/09.md

3.7 KiB

ए सियोनकी छोरी अति धेरै आनन्दले कराऊ! यरूशलेमकी छोरी खुशीले कराऊ!

यी दुवै वाक्यांशहरूले एउटै अर्थ दिन्छन् र रमाउने आदेशलाई तीव्रता दिन्छ । (See: rc://*/ta/man/translate/figs-parallelism)

सियोनकी छोरी ... यरूशलेमकी छोरी

"सियोन" "यरूशलेम" जस्तै हो । यो छोरी भएझैँ गरि अगमवक्ताले यस सहरको बारेमा बताउँछ । तपाईंले जकरिया २:१० मा "सियोनकी छोरी" कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

गधामाथि, अर्थात् गधाको बछेडामाथि

यी दुवै वाक्यांशहरूले मुलतः एउटै अर्थ दिन्छ र एउटा पशुलाई जनाउँछन् । दोस्रो वाक्यांशले यो जवान गधा थियो भनी स्पष्‍ट पार्छ । अर्को अनुवादः "एउटा जवान गधामाथि ।" (See: rc://*/ta/man/translate/figs-doublet)

एफ्राइमबाट रथ ... हटाइदिनेछु

अर्को अनुवादः "युद्धमा प्रयोग गरिने इस्राएलका रथहरू नाश गर्नेछु"

यरूशलेमबाट घोडा

अर्को अनुवादः "यरूशलेमका युद्धका घोडाहरू"

युद्धबाट धनु हटाइनेछन्

यहाँ धनुले युद्धमा प्रयोग गरिने सबै हतियारहरूलाई जनाउँछ । अर्को अनुवादः "युद्धका सबै हतियारहरू नाश हुनेछन्" (See: rc://*/ta/man/translate/figs-synecdoche)

किनभने उहाँले जाति-जातिमा शान्ति घोषणा गर्नुहुनेछ

यहाँ शान्ति घोषणा गर्ने कार्यले शान्ति स्थापना गर्ने कुरालाई जनाउँछ । अर्को अनुवादः "किनकी तिमीहरूका राजाले जातिहरूमा शान्ति ल्याउनुहुनेछ" (See: rc://*/ta/man/translate/figs-synecdoche)

एउटा समुद्रदेखि अर्कोसम्म, र नदीदेखि पृथ्वीको छेउ-छेउसम्म उहाँको प्रभुत्व रहनेछ!

"उहाँको राज्य सारा पृथ्वीमाथि हुनेछ!" (See_ rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद