ne_tn/tit/01/15.md

2.3 KiB

शुद्ध हुनेहरूलाई सबैकुराहरू शुद्ध छन्

“यदि मानिसहरू भित्रबाट शुद्ध छन् भने, तिनीहरूले गर्ने सबै थोक शुद्ध नै हुन्छन्” वा “जब मानिसहरूसँग असल विचारहरू मात्रै हुन्छ, तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरलाई नराम्रो लाग्‍ने बनाउँदैन”

तिनीहरूलाई जो शुद्ध छन्

“तिनीहरूलाई जो परमेश्‍वरको निम्ति स्वीकारयोग्‍य छन्”

तर

संयोजक शब्द “तर”ले शुद्ध मानिसहरू अनि भ्रष्‍ट र अविश्‍वासी मानिसहरूको बीचमा भएको अन्तरलाई परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-logic-contrast)

तिनीहरूलाई जो भ्रष्‍ट र अविश्‍वासी छन्, केही पनि कुरा शुद्ध हुँदैन

पावलले पापीहरूको विषयमा यसरी बताउँछन् मानौँ तिनीहरू शारीरिक रूपमा नै फोहोरी थिए । वैकल्‍पिक अनुवादः “यदि मानिसहरू नैतिक रूपमा दूषित भएका छन् र विश्‍वास गर्दैनन् भने, तिनीहरूले कुनै पनि शुद्ध कुरा गर्न सक्दैनन्” वा “जब मानिसहरू पाप र अविश्‍वासले भरिएका हुन्छन्, तिनीहरूले गर्ने कुनै पनि कुरा परमेश्‍वरलाई स्वीकारयोग्‍य हुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)