ne_tn/tit/01/06.md

2.2 KiB

जोड्ने कथनः

तीतसलाई क्रेटको टापूमा भएका प्रत्येक सहरमा एल्डरहरू अभिषेक गर्नलाई बताए पश्‍चात, पावलले एल्डरहरूमा हुनुपर्ने आवश्‍यकताहरू बताउँछन् ।

एक एल्डर दोषरहित हुनुपर्छ

“दोषरहित” हुनु भनेको खराब काम नगर्ने व्यक्तिको रूपमा चिनिनु हो । वैकल्‍पिक अनुवादः “एक एल्डर दोष नभएको व्यक्ति हुनुपर्छ” वा “एक एल्डर खराब पहिचान भएको व्यक्ति हुनुहुँदैन”

एक पत्‍नीको पति

यसको अर्थ हो कि उसको एउटै मात्र पत्‍नी छ, अर्थात, उसका अन्य पत्‍नीहरू वा उपपत्‍नीहरू छैनन् । यसको अर्थ यो पनि हुन्छ कि उसले व्यभिचार गर्दैन र यसो पनि अर्थ दिन सक्छ कि उसले पहिलेको पत्‍नीसँग विवाहविच्‍छेद गरेको छैन । वैकल्‍पिक अनुवादः “एक मानिस जसको एउटै मात्र स्‍त्री छ” वा “एक मानिस जो आफ्‍नी पत्‍नीप्रति विश्‍वासयोग्य छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

विश्‍वासयोग्य छोराछोरीहरू

सम्भावित अर्थहरू हुन् १) येशूमा विश्‍वास गर्ने छोराछोरीहरू वा २) भर पर्न मिल्‍ने छोराछोरीहरू ।