# जोड्ने कथनः तीतसलाई क्रेटको टापूमा भएका प्रत्येक सहरमा एल्डरहरू अभिषेक गर्नलाई बताए पश्‍चात, पावलले एल्डरहरूमा हुनुपर्ने आवश्‍यकताहरू बताउँछन् । # एक एल्डर दोषरहित हुनुपर्छ “दोषरहित” हुनु भनेको खराब काम नगर्ने व्यक्तिको रूपमा चिनिनु हो । वैकल्‍पिक अनुवादः “एक एल्डर दोष नभएको व्यक्ति हुनुपर्छ” वा “एक एल्डर खराब पहिचान भएको व्यक्ति हुनुहुँदैन” # एक पत्‍नीको पति यसको अर्थ हो कि उसको एउटै मात्र पत्‍नी छ, अर्थात, उसका अन्य पत्‍नीहरू वा उपपत्‍नीहरू छैनन् । यसको अर्थ यो पनि हुन्छ कि उसले व्यभिचार गर्दैन र यसो पनि अर्थ दिन सक्छ कि उसले पहिलेको पत्‍नीसँग विवाहविच्‍छेद गरेको छैन । वैकल्‍पिक अनुवादः “एक मानिस जसको एउटै मात्र स्‍त्री छ” वा “एक मानिस जो आफ्‍नी पत्‍नीप्रति विश्‍वासयोग्य छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # विश्‍वासयोग्य छोराछोरीहरू सम्भावित अर्थहरू हुन् १) येशूमा विश्‍वास गर्ने छोराछोरीहरू वा २) भर पर्न मिल्‍ने छोराछोरीहरू ।