ne_tn/sng/07/02.md

3.0 KiB

सामान्‍य जानकारीः

आफूले प्रेम गर्नेको व्‍यक्‍तिको बारेमा वर्णन गर्न जवान स्‍त्रीका प्रेमीले निरन्तरता दिन्‍छन् ।

तिम्रो नाभि वृत्ताकार कचौराजस्तै छ

स्‍त्रीका नाभि कचौराजस्तै पूर्ण आकारको छ । अर्को अनुवाद: "तिम्रो नाइटो गोलो कचौराजस्तै पूर्ण आकारको छ । " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

नाभि

बच्‍चालाई उसको आमासँग जोड्ने लामो मांसपेशीबाट बाँकी रहेको दाग जुन खाल्‍टो परेको चिन्‍हको रूपमा पेटमा हुन्‍छ ।

जसमा मिसिएको दाखमद्यको कहिल्यै कमी नहोस्

मानिसहरूले भोजको निम्ति दाखमद्यसँग पानी वा हिउँ मिसाउन ठुलो कचौरा प्रयोग गर्थे । मानिसहरू भोजमा दाखमद्यको स्‍वादमा रमाउँथे । अर्को अनुवाद: "म यसको सुन्‍दरतामा सधैँ रमाउन सकूँ" वा "मानिसहरूले यसको सुन्‍दरतामा सधैँ आनन्द मनाउन सकून् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-litotes]])

तिम्रो पेट ... गहुँको थुप्रोजस्तै छ

गहुँको रङ्ग छालाको सबैभन्‍दा राम्रो रङ्ग थियो र गहुँको गोलो थाक राम्रा थिए भन्‍ने मानिसहरूले सोचे । अर्को अनुवाद: "तिम्रा पेटको रङ्ग राम्रो छन् र गहुँको थाकजस्‍तै गोलो छ ।"

लिली फुलहरूले घेरिएको

राम्रा फूलहरूले गहुँको थाकलाई अझ राम्रो बनाएको छ । अर्को अनुवाद: "लिली फुलहरू वरिपरि भएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

लिली फुलहरू

एक प्रकारको ठुलो फुल

शब्द अनुवाद