ne_tn/rut/02/08.md

3.8 KiB

मेरी छोरी, तिमीले मेरो कुरा सुन्दैछौ?

यसलाई आज्ञाको रूपमा फेरि लेख्‍न सकिन्छ । अर्को अनुवाद: " मेरी छोरी, मेरो कुरा सुन ।" वा "मेरी छोरी, मैले तिमीलाई भन्‍न लागेको कुरामा ध्‍यान देऊ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मेरी छोरी

यो जवान स्‍त्रीलाई सम्बोधन गर्ने एउटा तरिका थियो । रूथ, बोअजको आफ्‍नै छोरी थिइनन्, त्‍यसैले यस अनुवादमा तिनी थिइन् भन्‍ने नसुनियोस् भनी निश्‍चय गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

कटनी गरेको ठाउँमा हेरिराख

"हेरिराख" ले केही कुरालाई हेर्दैगरेको वा ध्‍यान दिइरहेको दर्शाउछ । अर्को अनुवाद: "कटनी गरेको ठाउँमा मात्र हेरिराख" वा "कटनी गरेका ठाउँमा मात्र ध्‍यान देऊ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

के मैले पुरुषहरूलाई तिमीलाई ... निर्देशन् दिएको छैन र?

आफूले रूथलाई मद्दत गर्न पहिले नै के गरिसहेको थियो भनी जोड दिन बोअजले यो प्रश्‍न गरे । अर्को अनुवाद: "मैले पुरुषहरूलाई तिमीलाई ...कडा निर्देशन् दिएको छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मानिसहरू ... अरु महिलाहरू

"जवान पुरुष कामदारहरू ... जवान स्‍त्री कामदारहरू ।" खेतमा कटनी गरिरहेका जवान पुरुषहरूलाई जनाउँन "पुरूष" शब्‍द तीन पटक प्रयोग भएको छ । केही भाषाहरूले यसलाई एउटै शब्‍द प्रयोग गरेर भन्‍छन् र तिनीहरूसँग जवान पुरूष कामदारहरू बुझाँउने फरक शब्‍द छ ।

तिमीलाई नछुनू भनी

सम्‍भावित अर्थहरू : १) ती पुरूषहरूले रूथलाई हानी गर्नुहुँदैन थियो वा २) ती पुरूषहरूले तिनको खेतमा शिला-बाला टिप्‍नबाट तिनलाई रोक्‍नुहुँदैन थियो ।

मानिसहरूले भरेर ल्याएका पानी

पानी भर्नुको अर्थ, इनारबाट पानी तान्‍नु वा जम्‍मा गर्ने भाँडोबाट त्‍यसलाई निकाल्‍नु हो ।

शब्द अनुवाद