ne_tn/rut/01/19.md

2.8 KiB

सारा नगर

"नगरमा भएका सबैजना" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

के यिनी नाओमी नै हुन्?

नाओमी बेथलेहेम नबसेको धेरै वर्ष भइसकेको र तिनका पति र दुई छोराहरू अब नभएका हुनाले, के यी महिला साँच्‍चै नाओमी नै हुन् भनी स्‍त्रीहरूले शङ्का गर्नु स्‍वभाविक नै हो । आलंकारिक नभएर सामान्‍य प्रश्‍नझैँ ठन्‍नुहोस् ।

मलाई नाओमी नभन

नाओमी नामको अर्थ "मेरो हर्ष" हो । नाओमीले आफ्‍नो पति र छोराहरू गुमाएको हुनाले, आफ्‍नो जीवन आफ्‍नो नामसँग अब मिल्‍दैन भन्‍ने तिनलाई लाग्‍छ ।

तितो

यो नामको अर्थको अनुवाद हो । यसको ध्‍वनि "मारा" अनुसार पनि यसलाई प्राय अनुवाद गरिन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

म पूर्ण भएर गएँ, तर परमप्रभुले मलाई फेरि रित्तो पारेर घरमा ल्याउनुभएको छ

नाओमीले बेथलेहेम छाड्दा तिनको पति र दुई छोराहरू जीवितै थिए र तिनी खुसी थिइन् । परमप्रभुले आफूलाई बेथलेहेममा आफ्‍ना पति र छोराहरू बिना फर्कने तुल्‍याउनु भयो भन्‍दै नाओमीले परमप्रभुलाई तिनीहरूको मृत्‍युको दोष लगाउछिन् र अब नाओमी निराश र दुःखी छिन् ।

मलाई दण्ड दिनुभएको

"मलाई दोषी ठहराउनुभएको"

ममाथि विपत्ति ल्याउनुभएको

"ममाथि विनाश ल्याउनुभएको" वा "मलाई प्रहार गर्नुभएको"

शब्द अनुवाद