ne_tn/rom/15/19.md

2.0 KiB

चिन्हहरू र आश्‍चर्यकर्महरूद्वारा, र परमेश्‍वरको आत्माको शक्तिद्वारा

तपाईंले यस युगल अकरणलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । यहाँ “यी ... कुराहरू हुन्” भन्‍ने कुराले ख्रीष्‍टले पावलद्वारा पूरा गर्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्यजातिहरूको आज्ञापालनको खातिर, ख्रीष्‍टले मद्वारा मेरा वचनहरू र कार्यहरूमा र पवित्र आत्माको शक्तिद्वारा चिन्हहरू र आश्‍चर्यकर्महरूको शक्तिद्वारा पूरा गर्नुभएका कुराहरूका विषयमा मात्र म बोल्दछु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublenegatives]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

चिन्हहरू र आश्‍चर्यकर्महरू

यी दुई शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र विभिन्‍न किसिमका आश्‍चर्यकर्महरूलाई जनाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

ताकि यरूशलेमदेखि, र चारैतिर इल्लुरिकनसम्मै

यो यरूशलेमको सहरदेखि इल्लुरिकनको प्रान्तसम्म हो, जुन इटाली नजिकैको क्षेत्र हो ।