ne_tn/rom/10/19.md

3.5 KiB

अझै थप, म भन्छु, “के इस्राएललाई थाहा थिएन ?”

पावलले जोड दिनको निम्ति एउटा प्रश्‍नको प्रयोग गर्छन् । “इस्राएल” शब्द चाहिँ इस्राएलको राष्‍ट्रमा बस्‍ने मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरूलाई त्यो सन्देश थाहा थियो भनेर म तिमीहरूलाई फेरि पनि भन्छु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

पहिले मोशाले भन्छन्, “म तिमीहरूलाई ... डाही तुल्याउँछु ... म तिमीहरूलाई ... क्रोधित तुल्याउनेछु”

यसको अर्थ चाहिँ परमेश्‍वरले भन्‍नुभएको कुरालाई मोशाले लेखे भन्‍ने हुन्छ । “म” शब्दले परमेश्‍वरलाई जनाउँछ, र “तिमीहरू” भन्‍ने शब्दले इस्राएलीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “पहिले मोशाले भन्छन् कि परमेश्‍वरले तिमीहरूलाई ... डाही तुल्याउनुहुनेछ ... परमेश्‍वरले तिमीहरूलाई ... क्रोधित तुल्याउनुहुनेछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-you]] अनि [[rc:///ta/man/translate/figs-quotations]])

जो एउटा जाति नै होइन त्यसद्वारा

“तिनीहरूद्वारा जसलाई तिमीहरू एक साँचो जाति मान्दैनौ” वा “ती मानिसहरूद्वारा जो कुनै जातिका होइनन्”

समझ नभएको एउटा जातिको माध्यमद्वारा

यहाँ “समझ नभएको” भन्‍ने कुराको अर्थ ती मानिसहरूले परमेश्‍वरलाई जान्दैनन् भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू भएको एउटा जातिद्वारा जसले मलाई चिन्दैनन् वा मेरा आज्ञाहरू जान्दैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

म तिमीहरूलाई क्रोधित तुल्याउनेछु

“म तिमीहरूलाई रीस उठाउनेछु” वा “म तिमीहरूलाई रुष्‍ट बनाउनेछु”

तिमीहरू

यसले इस्राएल जातिलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)