ne_tn/rom/10/19.md

24 lines
3.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# अझै थप, म भन्छु, “के इस्राएललाई थाहा थिएन ?”
पावलले जोड दिनको निम्ति एउटा प्रश्‍नको प्रयोग गर्छन् । “इस्राएल” शब्द चाहिँ इस्राएलको राष्‍ट्रमा बस्‍ने मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरूलाई त्यो सन्देश थाहा थियो भनेर म तिमीहरूलाई फेरि पनि भन्छु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]] अनि [[rc://*/ta/man/translate/figs-metonymy]])
# पहिले मोशाले भन्छन्, “म तिमीहरूलाई ... डाही तुल्याउँछु ... म तिमीहरूलाई ... क्रोधित तुल्याउनेछु”
यसको अर्थ चाहिँ परमेश्‍वरले भन्‍नुभएको कुरालाई मोशाले लेखे भन्‍ने हुन्छ । “म” शब्दले परमेश्‍वरलाई जनाउँछ, र “तिमीहरू” भन्‍ने शब्दले इस्राएलीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “पहिले मोशाले भन्छन् कि परमेश्‍वरले तिमीहरूलाई ... डाही तुल्याउनुहुनेछ ... परमेश्‍वरले तिमीहरूलाई ... क्रोधित तुल्याउनुहुनेछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]] अनि [[rc://*/ta/man/translate/figs-quotations]])
# जो एउटा जाति नै होइन त्यसद्वारा
“तिनीहरूद्वारा जसलाई तिमीहरू एक साँचो जाति मान्दैनौ” वा “ती मानिसहरूद्वारा जो कुनै जातिका होइनन्”
# समझ नभएको एउटा जातिको माध्यमद्वारा
यहाँ “समझ नभएको” भन्‍ने कुराको अर्थ ती मानिसहरूले परमेश्‍वरलाई जान्दैनन् भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू भएको एउटा जातिद्वारा जसले मलाई चिन्दैनन् वा मेरा आज्ञाहरू जान्दैनन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# म तिमीहरूलाई क्रोधित तुल्याउनेछु
“म तिमीहरूलाई रीस उठाउनेछु” वा “म तिमीहरूलाई रुष्‍ट बनाउनेछु”
# तिमीहरू
यसले इस्राएल जातिलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]])