ne_tn/rom/09/17.md

2.6 KiB

किनकि धर्मशास्‍त्रले भन्छ

परमेश्‍वरले फारोसँग कुरा गरिरहनुभएको झैँ गरेर यहाँ धर्मशास्‍त्रलाई व्यक्तित्वकरण गरिएको छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले यसो भन्‍नुभयो भनेर धर्मशास्‍त्रले अभिलेख राख्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

मैले ... मेरो

परमेश्‍वरले आफैँलाई जनाउँदै हुनुहुन्छ ।

तँ

एकवचन (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

मैले तँलाई खडा गरेँ

यहाँ “खडा गरेँ” भनेको “कसैलाई केही हुन लगाउनु जुन त्यो हो” भनेर जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “मैले तँलाई त्यो शक्तिशाली मानिस बनाएँ जुन तँ छस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

ताकि मेरो नाउँ घोषणा गरियोस्

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “कि मानिसहरूले मेरो नाउँ घोषणा गरून्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मेरो नाउँ

यस प्रतिस्थापन शब्दले कि त १) परमेश्‍वरलाई उहाँको सारा व्यक्तित्वमा जनाउँछ । वैकल्पिक अनुवादः “जो म हुँ” वा २) उहाँको प्रतिष्‍ठालाई जनाउँछ । वैकल्पिक अनुवादः “म कति महान् छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सारा पृथ्वीमा

“ती हरेक ठाउँहरूमा जहाँ मानिसहरू छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)