ne_tn/rom/03/13.md

2.4 KiB

तिनीहरूको ... तिनीहरूको

“तिनीहरूको” शब्दले रोमीहरू ३:९ को “यहूदीहरू र ग्रीकहरू”लाई जनाउँछ ।

तिनीहरूको घोक्रो खुला चिहान हो

“घोक्रो” शब्द मानिसहरूले भन्‍ने सबै अधर्मी र घिनलाग्‍दो कुराहरूको लागि प्रतिस्थापन शब्द हो । यहाँ “खुला चिहान” भनेको एउटा अलङ्कार हो जसले मानिसहरूका दुष्‍ट शब्दहरूका दुर्गन्धलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

तिनीहरूका जिब्रोहरूले छल गरेका छन्

“जिब्रोहरू” शब्द मानिसहरूले बोल्‍ने झूटा बोलीहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मानिसहरूले झूटहरू बोल्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सर्पको विष तिनीहरूको ओठमुनि छ

यहाँ “सर्पको विष” भनेको एउटा अलङ्कार हो जसलाई मानिसहरूले बोल्‍ने दुष्‍ट शब्दहरूले पुर्‍याउने ठूलो क्षतिलाई प्रतिनिधित्व गर्न प्रयोग गरिन्छ । “ओठहरू” शब्दले मानिसहरूका बोलीलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरूका दुष्‍ट वचनहरूले विषालु सर्पको विषले झैँ गरी मानिसहरूलाई चोट लगाउँछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])