ne_tn/rom/03/09.md

1.4 KiB

जोड्ने कथनः

पावलले निचोड निकाल्‍छन् कि सबै पापको दोषी छन्, कोही पनि धर्मी छैन, र कसैले पनि परमेश्‍वरलाई खोज्‍दैन ।

त्यसो भए के त ? के हामी आफैँलाई छुट दिइरहेका छौँ ?

पावलले उनको भनाइलाई जोड दिनका लागि यी प्रश्‍नहरूको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीहरू परमेश्‍वरको इन्साफबाट उम्‍कनेछौँ भनेर हामी यहूदीहरूले कल्‍पना गर्ने कोसिस गर्नुहुँदैन, केवल यसकारणले कि हामी यहूदी हौँ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

त्यस्तो होइन

यी शब्दहरू सामान्य “होइन”भन्दा बढी जोडदार छन्, तर “बिल्‍कुलै होइन” भनेको जस्तो जोडदार चाहिँ छैन ।