ne_tn/psa/113/003.md

2.1 KiB

सूर्य उदायदेखि त्‍यो नअस्‍ताएसम्म नै

यस वाक्यांशले सूर्य उदाउँने दिशा पूर्व र सूर्य अस्ताउने दिशा पश्‍चिमलाई जनाउँछ । लेखकले पृथ्वीका चारै तिर भनेर बुझाउन यी दुई चरमबिन्दु प्रयोग गर्छन् । भजनसंग्रह ५०:१मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "पृथ्वीको चारैतिर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

परमप्रभुको नाउँको प्रशंसा हुनुपर्छ

यहाँ "नाउँ"ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "मानिसहरूले परमप्रभुको प्रशंसा गर्नुपर्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

उहाँको महिमा आकाशसम्‍म पुग्‍छ

परमेश्‍वरको महिमालाई त्यो अति नै माथि भएझैँ बताइएको छ । अर्को अनुवादः "उहाँको महिमा आकाशभन्दा उच्च छ" वा "उहाँको महिमा असाध्य महान छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद