ne_tn/psa/062/009.md

3.1 KiB

निम्‍न स्तरका मानिसहरू ... उच्‍च स्‍तरका मानिसहरू झुट हुन्

यसले सबै प्रकारका धन-सम्‍पत्ति र महत्त्‍व भएका मानिसहरूलाई जनाउँछ । "व्यर्थ हुन्" र " झुट हुन्" वाक्यांशको एउटै अर्थ छ । कुनै एक जनाले कसैमा निर्धक्क भई भरोसा गर्न सक्‍दैन । अर्को अनुवाद: "तिनीहरू जतिनै महत्त्‍वपूर्ण भएपनि तिमीहरूले ती मानिसहरूमा भरोसा गर्न सक्‍दैनौ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-merism]] र [[rc:///ta/man/translate/figs-parallelism]])

एकसाथ तौलिंदा पनि तिनीहरू केही पनि हुँदैनन्

तिमीहरूले यी सबै प्रकारका मानिसहरूलाई तराजुमा एकसाथ राख्‍दा तिनीहरूको कुनै तौल हुनेछैन । यसको अर्थ तिनीहरू तिमीहरूको निम्ति कुनै मुल्‍यको छैनन् भन्‍ने हो ।

थिचोमिचो वा लुट

सम्‍भवत: यी दुई शब्दको एउटै अर्थ छ । तिमीहरूले अरू मानिसहरूबाट लिने रूपैँया-पैसामा तिमीहरूले भरोसा गर्न सक्‍दैनौ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

किनकि तिनीहरूले कुनै फल दिने छैनन्

लेखकले धनको बारे यसरी बताउँछन् कि मानौँ ती फल दिन सक्‍ने रूखहरू वा दाखका बोटहरू थिए । अर्को अनुवाद: "किनकि तिनीहरूले तिम्रो निम्ति कुनै असल थोक दिने छैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्‍नो हृदय तिनमा नलगाऊ

यहाँ "आफ्‍नो ह्रदय ... नलगाऊ" एउटा वाक् पद्धति हो जसको अर्थ केही कुराको ठुलो चाह नगर्नु भन्‍ने हो । अर्को अनुवाद: "तिनीको चाह नगर्नु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद