ne_tn/psa/058/009.md

4.1 KiB

तिम्रा भाँडाहरूले काँढाको आगोको राप थाहा पाउन ...हरियो काँढाहरू र जलिरहेका काँढाहरूजस्तै

दुष्‍टहरूलाई यसरी बताइएको छ कि मानौँ तिनीहरू काँडाका हाँगाहरू थिए र परमेश्‍वरले तिनीहरूलाई तुरुन्‍तै दिने दण्डहरूलाई, उहाँले तिनीहरूलाई छिट्टै उडाउनु वा बढालेर पठाउनुजस्‍तैगरी बताइएको छ । अर्को अनुवादः "पकाउने भाँडामुनि आगोले जलाएका काँढाहरूका हाँगाहरूलाई भुमरीले उडाउन सक्नेभन्दा चाँडो परमेश्‍वरले दुष्‍ट मानिसहरूलाई नाश गर्नुहुनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिम्रा

दाऊद परमेश्‍वरका मानिसहरूसँग बोल्दै छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

काँढा

"काँढाका झ्‍याङका हाँगाहरू"

धर्मीले परमेश्‍वरको ... देख्दा, त्यो आनन्‍दित हुनेछ

"धर्मी" शब्दले सामान्‍य रूपमा धर्मी मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "धर्मी मानिसहरू रमाउनेछन् जब तिनीहरूले ... देख्‍छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-genericnoun)

तिनीहरूले आफ्ना खुट्टाहरू दुष्‍टहरूका रगतमा धुनेछन्

रगतमाथि हिँडेर कसैको खुट्टा भिज्‍नुलाई रगतमा खुट्टा धुनुजस्‍तैगरी बताइएको छ । अर्को अनुवादः धर्मीले दुष्‍टको रगतले आफ्नो खुट्टा भिजाउनेछ ।" वा "धर्मी दुष्‍टको रगतमाथि हिँड्‍नेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले आफ्ना खुट्टाहरू दुष्‍टहरूका रगतमा धुनेछन्

ठुलो संख्‍यामा दुष्‍ट मानिसहरूको मृत्‍युलाई बढाइचढाइ वाक्‍य प्रयोग गरेर धर्मी मानिसले दुष्‍ट मानिसको रगतले आफ्नो खुट्टा धोएको भनी व्‍यक्त गरिएको छ । अर्को अनुवादः "दुष्‍ट मानिसहरू यति धेरै मर्नेछन् कि जब धर्मी तिनीहरूको रगतमाथि हिँड्ने छ , यस्तो लाग्‍नेछ कि धर्मीहरूले आफ्नो खुट्टा त्यसले धुन सक्छन् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-hyperbole]])

शब्द अनुवाद