ne_tn/psa/052/004.md

3.3 KiB

तँ छली जिब्रो

यसले त्यो व्यक्तिलाई जनाउँछ जोसँग लेखक बोलिरहेका छन् । अर्को अनुवादः "तिमी छलको वक्ता" वा "तिमी झुटा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

अरूहरूलाई निल्ने सबै कुराहरू

यहाँ अरूलाई हानि गर्ने शब्दहरूको बारे यसरी बताइएको छ कि मानौँ ती मानिसहरूलाई निल्‍ने जनावरहरू थिए । अर्को अनुवादः "अरूहरूलाई हानि गर्ने शब्दहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तँलाई माथि उठाउनुहुने छ ... निकाल्नुहुने छ ... उखेल्नुहुने छ

यी तीनवटै वाक्यांशहरू "तिमीलाई हटाउनुहुन्छ" भन्‍ने छुट्टाछुट्टै तरिकाहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

जीवितहरूको मुलुकबाट उखेल्नुहुने छ

पृथ्वीमा जीवित हुने बारे यसरी बताइएको छ कि मानौँ मानिसहरू जमिनमा जरा गाँडिएका विरुवाहरू हुन् । परमेश्‍वरले कसैलाई मार्ने कुरालाई विरुवाको जरालाई खनी त्यसलाई जमिनबाट उखेल्‍नु झैँ बताइएको छ । अर्को अनुवादः "उहाँले जीवितहरूको मुलुकबाट तिमीलाई निकाल्‍नुहुने छ" वा "उहाँले तिमीलाई मार्नुहुने छ ताकि अब देखि तिमी जीवितहरूको पृथ्वीमा रहने छैनौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सेला

यो एउटा सांगीतिक शब्दावली हुन सक्छ जसले यहाँ मानिसहरूलाई कसरी गाउने वा आफ्ना बाजाहरू बजाउने बारे बताउँछन् । केही अनुवादहरूले हिब्रू शब्द लेखेको छ, र केही अनुवादहरूले यसलाई समावेश गरेको छैन्। (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-transliterate)

शब्द अनुवाद