ne_tn/psa/024/007.md

2.0 KiB

ए मूल ढोकाहरू हो, आफ्‍ना शिर उठाओ । ए अनन्त ढोकाहरू हो, उच्‍च होओ,

यी दुवै चरणहरू अर्थमा उस्तै छन् । "ढोकाहरू" शब्दले मन्दिरका ढोकाहरूलाई जनाउँछ । लेखकले ढोकाहरू कुनै व्यक्ति भएजस्तै गरि तिनीहरूसित बोल्दैछन् । ढोका द्वारपालले खोल्‍ने गर्‍थ्यो । अर्को अनुवादः "हे प्राचिन ढोका हो, खुल्‍ला होओ" वा "यी प्राचिन ढोकाहरू खोल" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-personification]])

आफ्‍ना शिर उठाओ

ढोकाको कुन निश्‍चित भाग चाहिँ "शिर" हो भन्‍ने कुरा अनिश्‍चित छ । तर यसले एउटा सिंगो ढोकालाई बुझाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

परमप्रभु, बलियो र शक्तिशाली । परमप्रभु, युद्धमा शक्तिशाली

लेखकले परमप्रभुको बारेमा यसरी बताउँछन् कि मानौं उहाँ युद्धमा लड्ने एक महान योद्धा हुनुहुन्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद