ne_tn/psa/018/030.md

3.5 KiB

उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ

ढालले सिपाहीको रक्षा गर्छ । दाऊदले परमेश्‍वर आफूलाई रक्षा गर्नुहुने ढालको रूपमा बताउँछन् । तपाईंले भजनसङ्ग्रह ३:३ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "हे परमप्रभु, तपाईंमा शरण लिने सबैलाई तपाईं ढालझैँ रक्षा गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

किनकि परमप्रभुबाहेक को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक को चट्टान छ र?

यसको उत्तर कोही पनि होइन भन्‍ने सङ्‍केत गर्छ । अर्को अनुवादः "परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्छ । हाम्रो परमेश्‍वर मात्र हाम्रो चट्टान हुनुहुन्छ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

चट्टान

दाऊदले परमप्रभुको बारेमा यसरी बताउँछन् कि मानौं उहाँ चट्टान हुनुहुन्थ्यो र उनी आफ्ना शत्रुहरूबाट भाग्‍न त्यसमा चढ्न सक्छन् । तपाईंले भजनसङ्ग्रह १८:२ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

कम्मर पेटीझैं परमेश्‍वरले नै मलाई बल दिनुहुन्छ

परमेश्‍वरले दाऊदलाई बल दिनुलाई यसरी बताइएको छ कि मानौं त्यो एउटा कपडाको टुक्रा थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

निर्दोष व्‍यक्‍तिलाई आफ्नो मार्गमा राख्‍नुहुन्छ

यहाँ दाऊदले परमेश्‍वरलाई मनपर्ने जीवन जिउने बारेमा यसरी बताउँछन् कि मानौं उनलाई सहि बाटोमा राखिएको छ । अर्को अनुवादः "निर्दोष व्यक्तिलाई धर्मी जिवन जीउने तुल्याउनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद