ne_tn/psa/009/013.md

2.2 KiB

मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्

यलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हेर्नुहोस् मलाई घृणा गर्नेहरूले मलाई कसरी थिचोमिचो गर्छन्" वा "हेर्नुहोस् मेरा शत्रुहरूले मलाई कति नराम्रो व्यवहार गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्‍न सक्‍नुहुन्छ

मृत्युको बारेमा यसरी बताइएको छ कि मानौं त्यो कुनै एउटा सहर थियो जसको ढोकाबाट मानिसहरू भित्र पस्छन् । यदि कोही मृत्युको ढोकाको नजिक छ भने, यसको अर्थ त्यो चाँडै नै मर्नेछ भन्‍ने हुन्छ । कसैलाई मर्नबाट बचाउनुलाई त्यसलाई त्यस सहरको ढोकाबाट लैजानुको रूपमा बताइएको छ । अर्को अनुवादः "तपाईं जसले मलाई मृत्युबाट बचाउन सक्नुहुन्छ" वा "तपाईं जसले मलाई मर्नबाट बचाउन सक्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद