ne_tn/pro/27/03.md

3.3 KiB

मूर्खको चिढ्याइ ती दुवैभन्दा गरुङ्गो हुन्छ

तँलाई चिढ्याउने मूर्खप्रति धैर्य गर्न हुने कठिनाइबारे यसरी बताइएको छ कि मानौं त्यो कठिनाइ गरुङ्गो थियो । अर्को अनुवादः "मूर्खको चिढ्याइ ती दुवै सहनभन्दा कठिन हुन्छ ।" वा "तँलाई मूर्खले चिढ्याउँदा धैर्य गर्नु ती बोक्दा धैर्य गर्नु भन्दा कठिन हुन्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मूर्खको चिढ्याइ

"मूर्खले ल्याएको समस्‍या" "चिढ्याइ" को अर्थ रिस उठाउने वा झर्को लाग्‍ने कार्यहरू वा शब्दहरू हुन् ।

झोँकको क्रोध र रिसको बाढी छ, तर डाहको सामु को खडा हुन सक्छ र ?

अर्को अनुवादः" क्रोधित मानिस झोँकी हुन्छ र रिसालु मानिस व्याकुल हुन्छ तर डाही मानिसको सामु को खडा हुन सक्छ र ?"

झोँक

"कठोरता"

रिसको बाढी छ

"रिसको विनाशकारिता ।" यहाँ रिसको बारेमा यसरी बताइएको छ कि मानौं त्यो शक्तिशाली बाढी थियो ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

डाहको सामु को खडा हुन सक्छ र ?

यस प्रश्‍नले संकेत गर्छ कि कोही पनि डाहको सामु खडा हुन सक्दैन । यसलाई सामान्‍य वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तर डाहको सामु कोही पनि खडा हुन सक्दैन ।"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

डाहको सामु को खडा

यहाँ खडा हुनुले बलियो हुनु र डाही व्यक्तिले आक्रमण गर्दा हानि हुनुबाट जोगिनुलाई जनाउँछ । अर्को अनुवादः "डाही व्यक्तिबाट जोगिनु' वा " डाही व्यक्तिले आक्रमण गर्दा बलियो भइरहनु" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद