ne_tn/pro/27/03.md

35 lines
3.3 KiB
Markdown

# मूर्खको चिढ्याइ ती दुवैभन्दा गरुङ्गो हुन्छ
तँलाई चिढ्याउने मूर्खप्रति धैर्य गर्न हुने कठिनाइबारे यसरी बताइएको छ कि मानौं त्यो कठिनाइ गरुङ्गो थियो । अर्को अनुवादः "मूर्खको चिढ्याइ ती दुवै सहनभन्दा कठिन हुन्छ ।" वा "तँलाई मूर्खले चिढ्याउँदा धैर्य गर्नु ती बोक्दा धैर्य गर्नु भन्दा कठिन हुन्छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# मूर्खको चिढ्याइ
"मूर्खले ल्याएको समस्‍या" "चिढ्याइ" को अर्थ रिस उठाउने वा झर्को लाग्‍ने कार्यहरू वा शब्दहरू हुन् ।
# झोँकको क्रोध र रिसको बाढी छ, तर डाहको सामु को खडा हुन सक्छ र ?
अर्को अनुवादः" क्रोधित मानिस झोँकी हुन्छ र रिसालु मानिस व्याकुल हुन्छ तर डाही मानिसको सामु को खडा हुन सक्छ र ?"
# झोँक
"कठोरता"
# रिसको बाढी छ
"रिसको विनाशकारिता ।" यहाँ रिसको बारेमा यसरी बताइएको छ कि मानौं त्यो शक्तिशाली बाढी थियो ।( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# डाहको सामु को खडा हुन सक्छ र ?
यस प्रश्‍नले संकेत गर्छ कि कोही पनि डाहको सामु खडा हुन सक्दैन । यसलाई सामान्‍य वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तर डाहको सामु कोही पनि खडा हुन सक्दैन ।"( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# डाहको सामु को खडा
यहाँ खडा हुनुले बलियो हुनु र डाही व्यक्तिले आक्रमण गर्दा हानि हुनुबाट जोगिनुलाई जनाउँछ । अर्को अनुवादः "डाही व्यक्तिबाट जोगिनु' वा " डाही व्यक्तिले आक्रमण गर्दा बलियो भइरहनु" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/foolish]]
* [[rc://*/tw/dict/bible/other/rage]]
* [[rc://*/tw/dict/bible/other/angry]]
* [[rc://*/tw/dict/bible/kt/jealous]]