ne_tn/pro/15/03.md

2.8 KiB

परमप्रभुको दृष्‍टि जताततै छ

यहाँ "दृष्‍टि" शब्दले परमप्रभुको हेर्ने क्षमतालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "परमप्रभुले सबैथोक हेर्नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

दुष्‍ट र असल

"दुष्‍ट" र "असल" शब्दहरूले मानिसहरूलाई जनाउँछन् । अर्को अनुवादः "दुष्‍ट मानिसहरू र असल मानिसहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

निको पार्ने जिब्रो जीवनको रुख हो

"जिब्रो" ले बोलीलाई जनाउँछ । अरूहरूलाई सहायता र उत्साह दिने कुराहरू भन्‍ने व्यक्तिका शब्दहरूलाई लेखक यसरी बताउँछन् कि मानौंती जीवन दिने पोषण प्रदान गर्ने रूख थियो । अर्को अनुवादः "नम्र वचनहरू जीवन दिने रूखजस्‍तै हुन्" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-metaphor]])

छलपूर्ण जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ

यहाँ "छलपूर्ण जिब्रो" वाक्यांशले छलपूर्ण वा दुष्‍ट बोलीलाई प्रतिनिधित्व गर्छ । लेखकले चोट पुगेको वा निराश व्यक्तिको बारेमा यसरी बताउँछन् कि मानौंत्यस व्यक्तिको आत्मा वचनहरूले चोट पुर्‍याएको वस्तु थियो । अर्को अनुवादः "छलपूर्ण बोलीले व्यक्तिलाई निराश तुल्याउँछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद