ne_tn/php/03/01.md

2.4 KiB

जोड्ने कथनः

आफ्ना सङ्गी विश्‍वासीहरूलाई पुराना व्यवस्थाहरू पालन गराउन खोज्‍ने यहूदीहरूका विषयमा सावधानी गराउनको निम्ति, पावल आफैँले विश्‍वासीहरूलाई सतावट गरेर हिँड्ने बेलाको विषयमा उनको गवाही दिन्छन् ।

अन्त्यमा, मेरा भाइहरू हो

“अब अगाडि बढ्दै, मेरा भाइहरू हो” वा “अरू विषयहरूका बारेमा, मेरा भाइहरू हो”

भाइहरू

तपाईंले यसलाई फिलिप्पीहरू १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

प्रभुमा आनन्द गर

“प्रभुले गर्नुभएका सबै कुराहरूका निम्ति खुशी होऊ”

किनकि मेरो लागि तिमीहरूलाई यी नै कुराहरू पुनः लेख्‍नु भनेको मेरो लागि कुनै दुःख होइन

“यी कुराहरू तिमीहरूलाई फेरि लेख्‍नु भनेको मेरो लागि कुनै दुःखको कुरा होइन”

र यसले तिमीहरूलाई सुरक्षित राख्‍छ

यहाँ “यी कुराहरू”ले पावलका शिक्षाहरूलाई जनाउँछन् । तपाईंले अगिल्लो वाक्यको अन्तमा यो वैकल्पिक अनुवादलाई थप्‍न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि यी शिक्षाहरूले तिमीहरूलाई तिनीहरूबाट बचाउनेछ जसले जे सत्य होइन सो सिकाउँछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)