# जोड्ने कथनः आफ्ना सङ्गी विश्‍वासीहरूलाई पुराना व्यवस्थाहरू पालन गराउन खोज्‍ने यहूदीहरूका विषयमा सावधानी गराउनको निम्ति, पावल आफैँले विश्‍वासीहरूलाई सतावट गरेर हिँड्ने बेलाको विषयमा उनको गवाही दिन्छन् । # अन्त्यमा, मेरा भाइहरू हो “अब अगाडि बढ्दै, मेरा भाइहरू हो” वा “अरू विषयहरूका बारेमा, मेरा भाइहरू हो” # भाइहरू तपाईंले यसलाई [फिलिप्पीहरू १:१२](../01/12.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । # प्रभुमा आनन्द गर “प्रभुले गर्नुभएका सबै कुराहरूका निम्ति खुशी होऊ” # किनकि मेरो लागि तिमीहरूलाई यी नै कुराहरू पुनः लेख्‍नु भनेको मेरो लागि कुनै दुःख होइन “यी कुराहरू तिमीहरूलाई फेरि लेख्‍नु भनेको मेरो लागि कुनै दुःखको कुरा होइन” # र यसले तिमीहरूलाई सुरक्षित राख्‍छ यहाँ “यी कुराहरू”ले पावलका शिक्षाहरूलाई जनाउँछन् । तपाईंले अगिल्लो वाक्यको अन्तमा यो वैकल्पिक अनुवादलाई थप्‍न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि यी शिक्षाहरूले तिमीहरूलाई तिनीहरूबाट बचाउनेछ जसले जे सत्य होइन सो सिकाउँछन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])