ne_tn/num/24/17.md

40 lines
3.2 KiB
Markdown

# सामान्य जानकारीः
बालामले आफ्ना चार अगमवाणीहरूमध्‍ये एउटा बताउँछन् ।
# म उहाँलाई देख्‍छु, तर उहाँ अहिले यहाँ हुनुहुन्‍न । म उहाँलाई हेर्छु, तर उहाँ नजिक हुनुहुन्‍न
यी दुई वाक्‍यहरूले समान अर्थहरू दिन्छन् ।बालामले भविष्‍यमा हुने कुराको दर्शन देख्‍दैछन् । यहाँ "उहाँ" शब्‍दले इस्राएलको भावी अगुवालाई जनाउँछ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parallelism]])
# याकूबबाट एउटा तारा निस्की आउने छ
यहाँ "तारा"ले शक्तिशाली रुपमा उदाउने इस्राएलको राजालाई जनाउँछ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-symlanguage]])
# याकूबबाट
यहाँ "याकूब"ले याकूबका सन्‍तानहरूलाई जनाउँछ । अर्को अनुवादः "याकूबका सन्‍तानहरूबाट" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# इस्राएलबाट राजदण्डको उदय हुने छ
यसले वाक्‍यको पहिलो भागको जस्‍तै समान अर्थ दिन्छ । यहाँ "राजदण्ड"ले शक्तिशाली राजालाई जनाउँछ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parallelism]])
# इस्राएलबाट
यहाँ "इस्राएल"ले भावी इस्राएलीहरूलाई जनाउँछ । अर्को अनुवादः "भविष्‍यमा इस्राएलीहरूका माझबाट" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# मोआबका अगुवाहरूलाई चकनाचुर पार्ने छन्
सम्‍भावित अर्थहरू हुन्: १) तिनले मोआबका अगुवाहरूका शिर टुक्रा-टुक्रा पार्नेछन् । वा २) तिनले मोआबका अगुवाहरूलाई नाश पार्नेछन् ।
# शेथका सबै सन्तानलाई
यसले मोआबीहरूलाई पनि जनाउँछ जो शेथका सन्‍तानहरू हुन् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/jacob]]
* [[rc://*/tw/dict/bible/other/scepter]]
* [[rc://*/tw/dict/bible/names/moab]]
* [[rc://*/tw/dict/bible/other/descendant]]
* [[rc://*/tw/dict/bible/names/seth]]