ne_tn/num/24/17.md

3.2 KiB

सामान्य जानकारीः

बालामले आफ्ना चार अगमवाणीहरूमध्‍ये एउटा बताउँछन् ।

म उहाँलाई देख्‍छु, तर उहाँ अहिले यहाँ हुनुहुन्‍न । म उहाँलाई हेर्छु, तर उहाँ नजिक हुनुहुन्‍न

यी दुई वाक्‍यहरूले समान अर्थहरू दिन्छन् ।बालामले भविष्‍यमा हुने कुराको दर्शन देख्‍दैछन् । यहाँ "उहाँ" शब्‍दले इस्राएलको भावी अगुवालाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

याकूबबाट एउटा तारा निस्की आउने छ

यहाँ "तारा"ले शक्तिशाली रुपमा उदाउने इस्राएलको राजालाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

याकूबबाट

यहाँ "याकूब"ले याकूबका सन्‍तानहरूलाई जनाउँछ । अर्को अनुवादः "याकूबका सन्‍तानहरूबाट" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

इस्राएलबाट राजदण्डको उदय हुने छ

यसले वाक्‍यको पहिलो भागको जस्‍तै समान अर्थ दिन्छ । यहाँ "राजदण्ड"ले शक्तिशाली राजालाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

इस्राएलबाट

यहाँ "इस्राएल"ले भावी इस्राएलीहरूलाई जनाउँछ । अर्को अनुवादः "भविष्‍यमा इस्राएलीहरूका माझबाट" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मोआबका अगुवाहरूलाई चकनाचुर पार्ने छन्

सम्‍भावित अर्थहरू हुन्: १) तिनले मोआबका अगुवाहरूका शिर टुक्रा-टुक्रा पार्नेछन् । वा २) तिनले मोआबका अगुवाहरूलाई नाश पार्नेछन् ।

शेथका सबै सन्तानलाई

यसले मोआबीहरूलाई पनि जनाउँछ जो शेथका सन्‍तानहरू हुन् ।

शब्द अनुवाद