ne_tn/num/24/09.md

2.1 KiB

सामान्य जानकारीः

बालामले परमेश्‍वरका आत्माको अधिनमा रहेर अगमवाणी गर्न सिध्‍याउँछन् ।

तिनले सिंह, सिंहनीझैँ ढुक्छन्

यस उपमामा बालाम इस्राएलीहरूलाई सिंहका दुवै भाले र पोथीसँग तुलना गर्छन् ।यसको अर्थ तिनीहरू भयानक छन् र सधैं आक्रमणको लागि तयार छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

तिनलाई उठाउने कसको आँट छ र ?

बालामले इस्राएलीहरूलाई रिस नउठाउन भनी सबै मानिसहरूलाई चेतावनी दिन यो प्रश्‍न सोध्छन् । यसलाई सामान्य वाक्‍यको रुपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः " तिनलाई उठाउने कसैको आँट छैन !" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिनलाई आशिष् दिने सबै आशिषित् होऊन्; तिनलाई सराप दिने सबै श्रापित होऊन्

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः " परमेश्‍वरले तिनलाई आशिष् दिने सबैलाई आशिष्‌ दिऊन्; तिनलाई सराप दिने सबैलाई श्राप दिऊन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद