ne_tn/num/24/06.md

2.8 KiB

सामान्य जानकारीः

बालाम परमेश्‍वरका आत्माको अधिनमा निरन्तर अगमवाणी बोल्छन् ।

उपत्यकाझैँ ... फैलिएका छन्

बालामले इस्राएलको बारेमा यसरी बताउँछन् कि मानौं तिनीहरूको सङ्ख्‍या सम्‍पूर्ण उपत्यका ढाक्‍न पर्याप्त थियो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

नदी किनारको बगैँचाझैँ

बालामले इस्राएलको बारेमा यसरी बताउँछन् कि मानौं तिनीहरू प्रशस्‍त फसल दिने पानी पर्याप्त भएको बगैँचा थिए । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

परमप्रभुले रोप्‍नुभएको एलवाहरू

एलवाहरू भनेको सुख्‍खा अवस्‍थामा पनि राम्ररी उम्रने मीठो वास्‍ना भएका बिरुवाहरू हुन् । बालामले इस्राएलको बारेमा यसरी बताउँछन् कि मानौं तिनीहरूले कोसिस गर्नेछन् र एलवा बिरुवाहरूझैँ सुगन्धित हुनेछन् । यसलाई कर्मवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ ।उदाहरणको लागि: "परमप्रभुद्वारा रोपिएका एलवाहरू" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-unknown]] र [[rc:///ta/man/translate/figs-simile]] र rc://*/ta/man/translate/figs-activepassive)

पानी छेउका देवदारुजस्तै

देवदारुका रुखहरू इस्राएलका सबैभन्दा ठूला रुखहरू थिए । बालामले इस्राएलको बारेमा यसरी बताउँछन् कि मानौं तिनीहरू पर्याप्त सिचाँइ भएको देवदारु रुखहरू जस्‍तै ठूला भए । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद