ne_tn/mrk/14/03.md

2.4 KiB

जोड्ने कथनः

येशूलाई अभिषेक गर्न प्रयोग गरिएको तेलप्रति कोही रिसाएका थिए, तैपनि उहाँले ती महिलाले उहाँ मर्नुअगि दफनको निम्ति उहाँको शरीरलाई अभिषेक गरेकी छन् भन्‍नुभयो ।

सिमोन कुष्‍ठरोगी

यो मानिसलाई पहिले कुष्‍ठरोग लागेको थियो, तर अहिले ऊ रोगी थिएन । ऊ सिमोन पत्रुस र सिमोल कुरेनीभन्दा अर्कै व्यक्ति हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

उहाँ टेबुलमा अडेस लागेर बसिरहनुभएको थियो

येशूको संस्कारमा, जब मानिसहरू खान भेला हुन्थे, तिनीहरू होचो टेबुलको छेउमा सिरानीमा एकापट्टि ढल्केर अडेस लाग्‍ने गर्थे ।

सिङ्गमरमरको शिशी

यो सिङ्गमरमरले बनेको भाँडो हो । सिङ्गमरमर महँगो पहेँलो-सेतो ढुङ्गा थियो । वैकल्पिक अनुवादः “सुन्दर सेतो ढुङ्गाको भाँडो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

धेरै महँगो अभिषेक गर्ने तेलको, जुन विशुद्ध जटामसी थियो

“त्यसमा जटामसी भनिने बहुमूल्य सुगन्धित अत्तर थियो” । जटामसी अत्तर बनाउने धेरै महँगो, मिठो बास्‍ना आउने तेल थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

उहाँको टाउकोमा

“येशूको टाउकोमाथि”