# जोड्ने कथनः येशूलाई अभिषेक गर्न प्रयोग गरिएको तेलप्रति कोही रिसाएका थिए, तैपनि उहाँले ती महिलाले उहाँ मर्नुअगि दफनको निम्ति उहाँको शरीरलाई अभिषेक गरेकी छन् भन्‍नुभयो । # सिमोन कुष्‍ठरोगी यो मानिसलाई पहिले कुष्‍ठरोग लागेको थियो, तर अहिले ऊ रोगी थिएन । ऊ सिमोन पत्रुस र सिमोल कुरेनीभन्दा अर्कै व्यक्ति हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]]) # उहाँ टेबुलमा अडेस लागेर बसिरहनुभएको थियो येशूको संस्कारमा, जब मानिसहरू खान भेला हुन्थे, तिनीहरू होचो टेबुलको छेउमा सिरानीमा एकापट्टि ढल्केर अडेस लाग्‍ने गर्थे । # सिङ्गमरमरको शिशी यो सिङ्गमरमरले बनेको भाँडो हो । सिङ्गमरमर महँगो पहेँलो-सेतो ढुङ्गा थियो । वैकल्पिक अनुवादः “सुन्दर सेतो ढुङ्गाको भाँडो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]]) # धेरै महँगो अभिषेक गर्ने तेलको, जुन विशुद्ध जटामसी थियो “त्यसमा जटामसी भनिने बहुमूल्य सुगन्धित अत्तर थियो” । जटामसी अत्तर बनाउने धेरै महँगो, मिठो बास्‍ना आउने तेल थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]]) # उहाँको टाउकोमा “येशूको टाउकोमाथि”