ne_tn/mrk/09/intro.md

4.9 KiB

मर्कुस ०९ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“रूप परिवर्तन भएको”

धर्मशास्‍त्रले धेरैपटक परमेश्‍वरको महिमालाई एउटा महान्, चखिलो ज्योतिको रूपमा कुरा गर्छ । जब मानिसहरूले यस ज्योतिलाई देख्‍छन्, तिनीहरू डराउँछन् । मर्कुसले यस अध्यायमा भन्छन् कि येशूको वस्‍त्र यस महिमामय ज्योतिका साथमा चम्कियो जसले गर्दा उहाँका अनुयायीहरूले येशू साँच्‍चै परमेश्‍वरको पुत्र हुनुहुन्थ्यो भनेर देख्‍न सके । त्यही समयमा, परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभयो कि येशू उहाँको पुत्र हुनुहन्थ्यो । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/glory]] अनि [[rc:///tw/dict/bible/kt/fear]])

यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू

अतिशयोक्ति

येशूले ती कुराहरू भन्‍नुभयो जसलाई उहाँका अनुयायीहरूले शाब्दिक रूपमा जस्ताको तस्तै बुझेको अपेक्षा गर्नुभएन । जब उहाँले भन्‍नुभयो, “यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने, त्यसलाई काटिदेऊ” (मर्कुस ९:४३), उहाँले अतिरञ्‍जन गरेर बोलिरहनुभएको थियो ताकि तिनीहरूलाई थाहा होस् कि तिनीहरू त्यस्तो कुनै पनि कुराबाट टाढा रहनुपर्छ जसले तिनीहरूलाई पाप गर्न लगाउँछ, तब पनि टाढा रहनुपर्छ जब त्यो कुरा तिनीहरूले मन पराएका वा तिनीहरूलाई चाहिन्छ भनी सोचेका कुरा हो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

एलिया र मोशा

एलिया र मोशा अचानक येशू, याकूब, यूहन्‍ना, र पत्रुसकहाँ देखा पर्छन्, र त्यसपछि अल्‍पिन्छन् । उहाँहरू चारैजनाले एलिया र मोशालाई देख्‍नुहुन्छ, र किनभने एलिया र मोशाले येशूसँग कुरा गरे, पाठकले बुझ्‍नुपर्छ कि एलिया र मोशा शारीरिक रूपमा देखा परे ।

“मानिसको पुत्र”

यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र” भनेर जनाउनुभयो (मर्कुस ९:३१) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्‍नै बारेमा कोही अरूको बारेमा कुरा गरिरहेको झैँ गरेर बोल्‍न नदिन सक्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/sonofman]] अनि [[rc:///ta/man/translate/figs-123person]])

विरोधाभासी भनाइ

विरोधाभासी भनाइ भनेको सत्य कथन हो जसले कुनै असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । येशूले विरोधाभासी भनाइलाई प्रयोग गर्नुहुन्छ जब उहाँले भन्‍नुहुन्छ, “यदि कोही प्रथम हुन चाहन्छ भने, ऊ सबैभन्दा अन्तिमको र सबैको सेवक हुनुपर्छ” (मर्कुस ९:३५) ।