ne_tn/mrk/09/31.md

2.5 KiB

किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो

येशू भीडबाट अलग भएर आफ्ना चेलाहरूलाई सिकाउँदै हुनुहुन्थ्यो । यसलाई अझ स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने उहाँले आफ्ना चेलाहरूलाई एकान्तमा सिकाउँदै हुनुहुन्थ्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मानिसको पुत्रलाई जिम्मा लाइनेछ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले मानिसको पुत्रलाई जिम्‍मा लगाउनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मानिसको पुत्र

यहाँ येशूले आफैँलाई मानिसको पुत्रको रूपमा जनाउनुहुन्छ । यो येशूको निम्ति महत्त्वपूर्ण पदवी हो । “म अर्थात् मानिसका पुत्र” (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

मानिसहरूका हातमा

यहाँ “हात” को अर्थ नियन्त्रण हो । वैकल्पिक अनुवादः “मानिसहरूको नियन्त्रणमा” वा “ताकि मानिसहरूले उसलाई वशमा राख्‍न सकून्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

जब उसलाई मारिनेछ त्यसको तीन दिनपछि ऊ फेरि उठ्नेछ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उसलाई मारेपछि र तीन दिन भएपछि, ऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)