ne_tn/mat/27/intro.md

2.9 KiB

मत्ती २७ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“उहाँलाई बडा हाकिम पिलातसकहाँ सुम्पिदिए”

यहूदी अगुवाहरूले येशूलाई मार्नुअगि तिनीहरूले रोमी बडा हाकिम (गभर्नर) पन्तियस पिलातसबाट अनुमति लिनुपर्ने हुन्‍थ्‍यो । तिनीहरू आफैले येशूलाई मार्ने निर्णय लिन तिनीहरूलाई रोमी कानुनले अनुमति नदिएको हुनाले यसो गर्नुपर्‍यो। पिलातस येशूलाई स्‍वतन्‍त्र गरिदिन चाहान्‍थे, तर तिनीहरूले भयानक दुष्ट कैदी बारब्‍बालाई छोड्‍ने इच्‍छा व्‍यक्त गरे ।

चिहान

येशूलाई गाडिएको चिहान (मत्ती २७:६०) चाहिँ यस्‍तो किसिमको चिहान थियो, जसमा धनी यहूदी परिवारले आफ्‍ना मृतकहरू गाड्‍ने गर्दथे । यो चट्टानमा खोपेर बनाएको एउटा कोठा थियो । त्‍यसमा एकापट्टि समथर भाग थियो, जहाँ लासलाई तेल र सुगन्‍धित मसला दलेर कपडाले बह्रेपछि, तिनीहरूले त्‍यो लास राख्दथे । त्‍यसपछि चिहानको सामु एउटा ठूलो ढुङ्गालाई गुडाएर तिनीहरूले बन्‍द गर्दथे, र यसरी कोही पनि भित्र हेर्न वा पस्‍न सक्दैनथ्‍यो ।

यस अध्‍यायमा भएका भाषाका महत्‍वपूर्ण अलङ्कारहरू

गिल्‍ला

येशूको गिल्‍ला गर्न सिपाहीहरूले भने , “यहूदीहरूका राजालाई प्रणाम !” (मत्ती २७:२९) । उहाँ यहूदीहरूका राजा हो भनेर तिनीहरूले विचार गरेनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)