ne_tn/mat/22/intro.md

3.9 KiB

मत्ती २२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । पद ४४ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

विवाह भोज

विवाह भोजको दृष्‍टान्‍तमा (मत्ती २२:१-१४) मा कुनै मानिसलाई बचाउने प्रस्‍ताव परमेश्‍वरले राख्‍नुहुँदा, त्‍यो मानिसले उक्त प्रस्‍तावलाई स्‍वीकार गर्नुपर्दछ भनेर येशूले सिकाउनुभयो । परमेश्‍वरसँगको जीवन राजाको छोराको विवाहमा उनले तयार पारेको भोजजस्‍तै हो भनेर येशूले सिकाउनुभयो । यसका अतिरिक्त, परमेश्‍वरले निम्‍तो दिनुभएका हरेक व्‍यक्तिले उक्त भोजमा जानका लागि आफूलाई उचित किसिमले तयार पार्ने छैनन् भनी येशूले जोड दिनुभयो । परमेश्‍वरले यी मानिसहरूलाई भोजबाट बाहिर फालिदिनुहुनेछ ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

अस्‍पष्‍ट जानकारी

वक्ताले आफ्‍ना श्रोताहरूले बुझिसकेका छन् भनी आफूले सोचेका कुराहरू सामान्‍यतया भनिरहँदैनन् । जब यो दृष्‍टान्ताका राजाले भने, “मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्” (मत्ती 22:4), तब ती पशु मार्नेहरूले ती पकाएका पनि छन् भनेर श्रोताहरूले बुझ्‍ने छन् भनी तिनले यो कुरा अनुमान गरे ।

विरोधाभास

विरोधाभास साँचो भनाइ हो, जसले कुनै असम्‍भाव्‍य कुराको वर्णन गर्दछ । यहूदीहरूका सन्‍तानका लागि नै पूर्खाहरू मालिकहरू वा प्रभुहरू हुन्, तर एउटा भजनमा दाऊदले आफ्‍ना सन्‍तानमध्‍ये एक जनालाई “प्रभु” भन्‍दछन् । येशूले यहूदी अगुवाहरूलाई यसो भनेर यो विरोधाभाषा भन्‍नुहुन्‍छ, “यसरी दाऊदले ख्रीष्‍टलाई ‘प्रभु’ भन्दछन् भने, उनी कसरी दाऊदका पुत्र हुन सक्छन् त ?” (मत्ती २२:४५) ।