ne_tn/mat/18/01.md

1.9 KiB

सामान्य जानकारीः

यहाँ कथाको नयाँ भाग सुरु हुन्‍छ, जुन मत्ती १८:३५ सम्‍म निरन्‍तर चल्‍दछ, जहाँ येशूले स्‍वर्गको राज्‍यमा हुने जीवनका बारेमा सिकाउनुहुन्‍छ । यहाँ, येशूले चेलाहरूलाई सिकाउनका लागि सानो बालकलाई प्रयोग गर्नुहुन्छ ।

त्यसोभए सबैभन्‍दा ठूलो को हो

“सबैभन्‍दा प्रतिष्‍ठित को हो” वा “हाम्रा बीचमा भएकाहरूमध्‍ये सबैभन्‍दा प्रतिष्‍ठित को हो”

स्‍वर्गको राज्‍यमा

यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्‍वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्‍ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्‍भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्‍दलाई राख्‍नुहोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको राज्‍यमा” वा “जब स्‍वर्गमा हुनुहुने हाम्रा परमेश्‍वरले पृथ्‍वीमा आफ्‍नो राज्‍य स्‍थापना गर्नुहुन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)