ne_tn/luk/22/intro.md

2.7 KiB

लूका २२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

देह र रगत खाने कुरा

लूका २२:१९-२० ले उहाँका चेलाहरूसँगको येशूको अन्तिम भोजनलाई वर्णन गर्छ । यही समयमा, येशूले तिनीहरूलाई भन्‍नुभयो कि तिनीहरूले खाइरहेका र पिइरहेका कुराहरू उहाँको देह र रगत थियो । झण्‍डै सबै ख्रीष्‍टिएन मण्‍डलीहरूले यो भोजनको सम्झना गर्नको लागि “प्रभु-भोज”, “यूखरिष्‍ट”, वा “पवित्र संगति”को उत्सव मनाउँछन् ।

नयाँ करार

केही मानिसहरूले सोच्‍छन् कि येशूले यस रात्रीभोजको समयमा नयाँ करारको स्थापित गर्नुभयो । अरूहरूले सोच्‍छन् कि उहाँले स्वर्गमा चढिजानुभएपछि त्यसलाई स्थापित गर्नुभयो । अरूहरूले सोच्‍छन् कि येशू पुनः फर्केर नआउनुभएसम्‍म त्यो स्थापित हुनेछैन । तपाईंको अनुवादले यसको बारेमा यूएलटीले बताएको भन्दा बढी भन्‍नु हुँदैन । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/covenant)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“मानिसको पुत्र”

येशूले यस अध्यायमा आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (लूका २२:२२) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्‍नो विषयमा अरू कसैको बारेमा कुरा गरेको जसरी बताउन नदिन सक्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/sonofman]] अनि [[rc:///ta/man/translate/figs-123person]])