ne_tn/luk/22/22.md

2.1 KiB

किनभने मानिसको पुत्र त निश्‍चय नै जानुपर्छ

“किनभने, वास्तवमा, मानिसको पुत्र त जानेछन्” वा “किनभने मानिसको पुत्र मर्नेछन्”

मानिसको पुत्र त निश्‍चय नै जानुपर्छ

येशूले आफ्‍नो बारेमा तृतीय पुरुषमा कुरा गरिरहनुभएको छ । वैकल्‍पिक अनुवादः “म, मानिसको पुत्र, निश्‍चय नै जानेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

जसरी त्यो तय गरिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसरी परमेश्‍वरले निधो गर्नुभएको छ” वा “जसरी परमेश्‍वरले योजना गर्नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर मानिसको पुत्रलाई विश्‍वासघात गर्ने त्यो मानिसलाई धिक्‍कार छ !” वा “मानिसको पुत्रलाई विश्‍वासघात गर्ने मानिसमाथि कति भयानक कुरा आइपर्नेछ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)