ne_tn/luk/22/32.md

2.3 KiB

तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु

यहाँ “तिमी” शब्दले विशेषगरी सिमोनलाई जनाउँछ । तिमीका विभिन्‍न रूप भएका भाषाहरूले एकवचनलाई प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

ताकि तिम्रो विश्‍वास नचुकोस्

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि तिमीले निरन्तर विश्‍वास गर्न सक” वा “ताकि तिमीले मलाई निरन्तर भरोसा गर्न सक”

जब तिमी फर्केको हुन्छौ

यहाँ “पुनः फर्कनु” भनेको कसैमाथि फेरि विश्‍वास गर्न थाल्‍नुको लागि भएको एक अलङ्कार हो । वैकल्‍पिक अनुवादः “तिमीले फेरि ममा विश्‍वास गर्न सुरु गरेपछि” वा “तिमीले फेरि मेरो सेवा गर्न सुरु गरेपछि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिम्रा भाइहरूलाई बलिया बनाऊ

“तिनीहरूका विश्‍वासमा बलिया हुनलाई तिम्रा भाइहरूलाई प्रेरणा देऊ” वा “ममा विश्‍वास गर्नको निमित्त तिम्रा भाइहरूलाई सहायता गर”

तिम्रा भाइहरू

यसले अरू चेलाहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिम्रा सङ्गी विश्‍वासीहरू” वा “अरू चेलाहरू”