ne_tn/luk/16/19.md

2.6 KiB

सामान्य जानकारीः

यी पदहरूले येशूले धनी मानिस र लाजरसको बारेमा बताउन सुरु गर्नुभएको कथाको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

जोड्ने कथनः

जसै येशूले मानिसहरूलाई सिकाउन थाल्‍नुहुन्छ, उहाँले एउटा कथा बताउन थाल्‍नुहुन्छ । यो एउटा धनी मानिस र लाजरसको विषयमा हो ।

अब

यसले येशूको प्रवचनमा आएको बदलावलाई अङ्कित गर्छ जसै उहाँले एउटा कथा भन्‍न सुरु गर्नुहुन्छ जसले मानिसहरूलाई उहाँले तिनीहरूलाई के सिकाइरहनुभएको थियो भनेर बुझ्‍नलाई सहायता गर्नेछ ।

एक जना धनी मानिस

यस वाक्यांशले येशूको कथामा एउटा व्यक्तिलाई परिचय गराउँछ । यो एउटा वास्तविक मानिस हो या येशूले पाठको लागि भन्‍नुभएको केवल एउटा कथा हो भन्‍ने कुरा स्‍पष्‍ट छैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

उसले वैजनी रङ्गको नरम मलमलको वस्‍त्र पहिरन्थ्यो

“जसले वैजनी र नरम मलमलले बनेको कपडा लगाउँथ्यो” वा “जसले धेरै महँगो कपडा लगाउँथ्यो ।” वैजनी र नरम मलमलको कपडा धेरै महँगो हुन्थ्यो ।

हरेक दिन वैभवमा मनाउँथ्यो

“हरेक दिन महँगो खाना खाएर आनन्द मनाउँथ्यो” वा “धेरै पैसा खर्च गर्थ्यो र उसले इच्छा लागेको कुरा किन्थ्यो”