ne_tn/luk/16/13.md

2.2 KiB

कुनै पनि सेवकले … सक्दैन

“एउटा नोकरले … गर्न सक्दैन”

दुई मालिकहरूको सेवा गर्नु

यो आशय दिइएको छ कि उसले “एकै समयमा दुई मालिकहरूको सेवा गर्न” सक्दैन ।

किनकि कि त उसले ... घृणा गर्नेछ ... वा ऊ ... समर्पित हुनेछ

यी दुई वाक्यांशहरू मूलभूत रूपमा एउटै हुन् । एउटै प्रमुख भिन्‍नता भनेको यो हो कि पहिलो वाक्यांशमा पहिलो मालिकलाई घृणा गरिन्छ, तर दोस्रो वाक्यांशमा चाहिँ दोस्रो मालिकलाई घृणा गरिन्छ ।

त्यसले घृणा गर्नेछ

“त्यो नोकरले घृणा गर्नेछ”

ऊ एउटाप्रति समर्पित हुनेछ

“एउटालाई गहिरो रूपमा प्रेम गर्नेछ”

अर्कोलाई तुच्छ ठान्‍नेछ

“अर्कोलाई हेला गर्छ” वा “अर्कोको अवहेलना गर्छ”

तुच्छ ठान्‍नु

यसले मूलभूत रूपमा अघिल्‍लो वाक्यांशमा “घृणा गर्नु” भनेको झैँ उही अर्थ दिन्छ ।

तिमीहरूले सेवा गर्न सक्दैनौ

येशूले मानिसहरूको समूहसँग कुरा गरिरहनुभएकोले “तिमी” को बहुवचन रूप भएका भाषाहरूले त्यसैलाई प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)